मसलापाटी

१ वर्ष अगाडि / ९५५  पटक हेरिएको
काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धन बन्न नसेक भोलिबाट फेरि ओली नै प्रधानमन्त्री बन्नेछन् । त्यसैले ओलीलाई रोक्न विरोधी गठबन्धनका नेताहरु सक्रिय भएका छन् ।जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्ता गठबन्धन निर्माणमा आफूहरु नभएको विज्ञप्ति जारी गरेपछि बहुमतको गठबन्धन निर्माणमा धक्का पुगेको छ । अब ठाकुरलाई मनाउन ओलीविरोधी नेताहरु सक्रिय भएका छन् ।ओलीविरोधी गठबन्धनलाई सफल बनाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका केही नेताहरु ठाकुरलाई मनाउन लागेका छन् । ठाकुरलाई प्रधानमन्त्री बनाउने या शेरबहादुर देउवा र ठाकुरबीच आलोपालो प्रधानमन्त्रीको सहमति गर्ने विषयमा छलफल बढेको छ ।पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री भइसकेकालाई बाहेकलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । उनले ट्वीट गर्दै यसो भन्नुमा महन्थलाई प्रधानमन्त्री बनाउने प्रस्ताव बुझिएको छ । ठाकुरलाई तत्काल प्रधानमन्त्री बनाएर चुनावी सरकारको प्रधानमन्त्री देउवालाई बनाउने या देउवालाई अहिले प्रधानमन्त्री बनाएर चुनावी सरकारको प्रधानमन्त्री ठाकुरलाई बनाउने गरी सहमति निकाल्न खोजिएको छ ।ठाकुरले भने विगतमा नै उधारो सहमति नगर्ने स्पष्ट पारिसकेका छन् । उनले यसो भन्नुमा पछि हुने गरी सहमति नगर्ने र तत्कालको परिणाममा जाने आशय हो । तत्काल ठाकुरलाई प्रधानमन्त्री स्वीकारेमात्र गठबन्धनका लागि उनी सहमत बन्न सक्ने देखिएको छ ।रिपोर्टर्स नेपालबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here