Masalapati

४ वर्ष अगाडि / ५४८  पटक हेरिएको

काठमाडौ,५ असोज,२०७७
कोरोना महामारी नियन्त्रणका लागि जारी बन्दाबन्दी तथा निषेधाज्ञाले झन्डै ६ महीनादेखि ठप्प रहेको मुलुकको आन्तरिक उडान सोमवार बाट शरूु हुँदै छ । असोज ५ गतेदेखि उडान शुरू हुने भएपछि आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्सले गत शुक्रवारदेखि नै बुकिङ खुला गरेका थिए । आइतवारसम्म ७० देखि ७५ प्रतिशत सीट बुकिङ भइसकेको विमान कम्पनीहरूले बताएका छन् । बुद्ध एअरका अनुसार आइतवार साँझसम्म ७० प्रतिशत बुकिङ भइसकेको छ । बुद्ध एयरले सोमवारका लागि १७ ओटा उडान पाएको छ।

त्यस्तै यती एयरलाइन्सका अनुसार कम्पनीले उडानको सम्पूर्ण तयारी पूरा गरिसकेको तथा आइतवार साँझसम्म ७० प्रतिशतसम्म बुकिङ भइसकेको छ । शुरूमा यतिले दैनिक ११ उडान गर्ने बर्ताैलाले बताए । यता नेपाल वायुसेवा निगमले पनि आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । निगमले मुलुकका देशका विभिन्न १० ओटा गनतव्यमा आन्तरिक तर्फको उडान गर्ने गरी तालिका सार्वजनिक गरेका हो ।महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान प्रतिबन्ध थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here