मसलापाटी

२ वर्ष अगाडि / ११०१  पटक हेरिएको

काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प तयार गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनेबारे छलफल बढेको छ । ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्नेमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका केही नेताहरु देखिएका छन् ।काँग्रेस नेता डा. शेखर कोइरालाले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्ने प्रस्ताव गरेका छन् । तर, प्रधानमन्त्रीको दौडमा रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले यसमा सकारात्मक जवाफ दिएका छैनन् ।जसपा अध्यक्ष महन्थ ठाकुरले ओलीविरोधी बहुमतको गठबन्धन बनाउने प्रयासलाई स्वीकार गरेका छैनन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धको पक्षमा उभिएका छन् । तर, उनले बहुमतको सरकार गठनका लागि सांसद संख्या पुर्याउन नसक्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here