मसलापाटी

३ वर्ष अगाडि / १४४२  पटक हेरिएको

२८ बैशाख,

उदयपुर । उदयपुरका कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् ।कृषि ज्ञान केन्द्र उदयपुरका ३४ वर्षिय कृषि प्रसार अधिकृत टिचिङ हस्पिटल काठमाडौंमा मृत्यु भएको छ । उनलाई बैशाख २१ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । कृषि ज्ञान केन्द्र उदयपुरका ७ जनामा कोरोना संक्रमण देखिएको मध्ये कृषि प्रसार अधिकृतको कोरोनाबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए ।यस्तै त्रियुगा नगरपालिका ४ का अन्दाजी ५४ वर्षिय महिलाको पनि उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । श्रीमान् श्रीमति विरामी भएपछि उपचारको लागि देउरी स्वास्थ्य चौकीमा जचाउँदा कोरोना लक्षण जस्तो देखेपछि विराटनगरमा चेकजाँच गरेको थियो । चेकजाँच गरेको ४ दिनपछि उपचारकै क्रममा श्रीमतिको मृत्यु भयो भने श्रीमान्को सुधार हुँदै आएको त्रियुगा नगर स्वास्थ्य प्रमुख अवधनारायण चौधरीले जानकारी दिए ।यस्तै त्रियुगा नगरपालिका ८ का एक अन्दाजी ५३ वर्षिय मेडिकल संचालक पनि कोरोनाबाट मृत्यु भएको छ । उनको नोवेल टिचिङ हस्पिटल विराटनगरमा मृत्यु भएको हो । उनलाई बैशाख २३ गते कोरोना देखिएको त्रियुगा नगरपालिका ८ का वडाध्यक्ष कमलकुमार राउतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here