मसलापाटी

३ वर्ष अगाडि / ३७५  पटक हेरिएको

२४ बैशाख,

विसं २०७८ साल वैशाख २४ गते शुक्रबार । इस्वी सन् २०२१ मार्च ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । वैशाख कृष्ण पक्ष । तिथि–एकादशी, ३१ घडी १७ पला, बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–पूर्वाभाद्रपदा, २३ घडी ५८ पला, दिउँसो ०२ बजेर ५७ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग–वैधृति, ४१ घडी १४ पला, बेलुकी ०९ बजेर ५२ मिनेट उप्रान्त विष्कुम्भ । करण–बव, बिहान ०५ बजेर ३६ मिनेट उप्रान्त बालव, बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–कुम्भ, बिहान ०८ बजेर ३९ मिनेट मीन ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २२ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४० मिनेट । दिनमान ३३ घडी १४ पला । पञ्चक । वरुथिनी एकादशीव्रत । किरात समाज सुधार दिवस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विदेशमा बसेर काम गर्नेहरुले मनग्य रुपैयाँ पैसा कमाउन सक्नेछन् । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग छ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भए पनि अन्ततः एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिने समय छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

बृष (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) विशेष गरी हाइड्रोपावर, पानी तथा औषधिसँग सम्बन्धित व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । विद्यामा सोचे अनुरूप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग छ । दाजुभाइबाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईंको काममा सहयोग हुनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुँदा मन खुसी रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घरमा पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) ः सेयर बजार जस्ता क्षेत्रमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ । पुराना तथा थाँती रहेका काम सुचारु हुनेछन् भने नयाँ काम गरी मनग्य धन सङ्ग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिन्छ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने दिदीबहिनीहरुको सहयोग पाइने हुँदा कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरु प्राप्तिको गतिलो योग छ । लामो समयदेखि भेट नभएका मित्रहरुसँग भेट हुनेछ भने मायाप्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने रमाइलो यात्राको तय हुनेछ । विद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुँदा गन्तव्य पहिल्याउन सहज हुनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) विद्यार्थीहरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सत्रु परास्त हुने तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने हुँदा मान सम्मानमा वृद्धि भएर जानेछ । सुख दुःखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
पढाइ लेखाइमा ध्यान जानेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रनेछ भने छोराछोरीको कामदेखि प्रशन्न हुने समय छ । सेयर बजारमा लगानी गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । चिठ्ठा पर्ने अधिक सम्भावना छ । समुदायको हितको काम गरी समाजमा नाम कमाउन सकिनेछ । बौद्धिकताको प्रयोग गरी विशिष्ट व्याक्तिहरुलाई बसमा पार्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी आम्दानीका स्रोत फराकिला बनाउन सकिनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रि गरी मनग्य धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्त्वपूर्ण काम सम्पादन गर्न सकिनेछ । राजनीति तथा समाज सेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुनाले स्कुल कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
माया प्रेममा सामीप्यता बढ्नेछ भने पतीपत्नीबीचको सम्बन्धमा प्रगाढता बढेर जानेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिनेहरुले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) आत्मीय मित्र तथा जीवनसाथीको सहयोग पाइनेछ । कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलार्ई सजिलै हराई नतिजा जित्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । गाएन पेसा तथा कला साहित्यमा समय दिनेहरुले आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पतिपत्नी बीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरुभन्दा एक कदम अगाडि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरु जनमानसमा लैजान सकिनेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।रातोपाटी अनलाइनबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here