मसलापाटी

२ वर्ष अगाडि / ७३५  पटक हेरिएको

१५ बैशाख

उदयपुर ।  उदयपुरको उदयपुरगढी गाउँपालिका ७ नागबेलीमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । तावाश्रीबाट गाईघाट तर्फ आईरहेको स १ च ९३९ नंम्बरको बोलेरो दुर्घटना हुँदा उदयपुरगढी गाउँपालिका १ तावाश्री ब्वाँसेका ३५ बर्षिय सिब खत्रीको ज्यान गएको हो ।जिपमा सवार अन्य १ दर्जन भन्दा बढी घाईते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल उदयपुर र न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिम दाहालले जानकारी दिनुभयो ।सवारी चालक उदयपुरगढी गाउँपालिका १ का भिमबहादुर तामाङलाई अनुसन्धानका लागी प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here