मसलापाटी

३ वर्ष अगाडि / ४१९५  पटक हेरिएको

१५ बैशाख,

उदयपुर। खोटाङको सदरमुकाम दिक्तेलबाट यात्रु लिएर उदयपुरको गाईघाट तर्फ जाँदै गरेको जीप दुर्घटनाग्रस्त भएको छ।जीपमा ७ जना सवार रहेको बताइएको छ। घटनास्थलतर्फ अस्थाई प्रहरी चौकी भडारेघाटबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए।घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उनको भनाई छ। घटना भर्खरै भएका कारण र प्रहरी टोली घटनास्थल पुगीनसकेका कारण विवरण आउँन बाँकी रहेको चिमोरियाको भनाइ छ।घटना उदयपुरतर्फको सडकमा भएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here