Masalapati

३ वर्ष अगाडि / ३६४  पटक हेरिएको

उदयपुर,४ असोज

भोली असोज ५ देखी लामो तथा छोटो दुरीका सबै यातायात चल्ने भएको छ ।लामो समयदेखि बन्द रहेको सार्वजानिक यातायात पहिले जसरी सुरु हुने भएको हो । सुरक्षा मापदलण्डलाई अपनाएर सवारी यातायात संञ्चालन गरिने उदयपुर हिमाली यातायात व्यवसायी समितिले जनाएको छ ।केन्द्र सरकारले १ गते बाट सुरु गर्ने भनिएको यातायात प्रदेशले आसोज ५ बाट मात्र सेवाको लागि व्यवसायीलाई अनुरोध गरेका थिए ।

सबै सुरक्षाको मापदण्डलाई अपनाएर यातायात संञ्चालन गर्न लागिएको र भोली बाट पूर्वपक्षिम चल्ने सबै सवारी संञ्चालन गरिने व्यवसायी संघका प्रतिनिधि परमेश्वर घिमिरेले बताउनुभयो ।सामाजिक दुरी, मास्कको प्रयोग, सेनिटाईजर, निश्चित ठाउँमा यात्रु चढाउने झार्ने, बस चढ्नु अगाडी नै भारा लेनदेन बाटोमा भारा नउठाउने, मजदुर चालक तथा व्यवसायीहरुको सावधानीको पालना र १७ जना भन्दा बढी मानिस नबोक्ने गरी यातायात सेवा सुरु हुने घिमिरेले बताउनुभयो ।चैत्र ११ बाट बन्द सवारी करिब ६ महिनापछि खुलेको छ । लामो समय सम्म बन्द भएको सवारी खुल्ने भएपछि यातायात व्यवसायी र मजदुरहरुमा खुसी छाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here